जनप्रिय मेयर हर्क साम्पाङ पनि तात्तिए, तनावमा रहेका अर्थमन्त्री शर्मामाथि थपियो झन् ठूलो तनाव !

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा यतिबेला विवाद र आलोचनाको चरमचुलीमा छन् । शर्मा आफ्नै कारणले भयङ्कर ठूलो अप्ठ्यारोमा परेका हुन् । यसैबीच, उनीमाथि अर्को आरोप पनि लागेको छ ।

धरान उपमहानगरपालिकाका जनप्रिय मेयर हर्क साम्पाङ राईले अर्थमन्त्री शर्माका कारण धरानको बजेट घटेको आरोप लगाएका छन् । संघिय सरकार र प्रदेश सरकारले धरानमा कम बजेट पठाएकाले बजेट घटेको बताएका हुन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै साम्पाङले संघिय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बोले धरानमाथि विभेट गरेकाले बजेट घटेको बताएका हुन् । उनले यसरी बजेट थोरै पठाएर धरानलाई विभेट गरेको आरोपसमेत लगाएका छन् ।

‘हर्क साम्पाङले थोरै बजेट ल्यायो भन्नहरुले प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो र केन्द्र सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई किन धरानलाई हेपेको भनेर खोई सोधेको ।’ उनले लेखेका छन्, ‘आउँदो चुनावमा धरान देखिनेछ यो विभेदको फल ।’

साम्पाङले एकपछि अर्को जनपक्षिय काम गर्न थालेपछि राजनीतिक दलहरुको ओठ तालु सुकेको छ । उनीहरुले साम्पाङको कसरी सामना गर्ने भनेर रणनीति समेत बनाउन सकेका छैनन् ।

Leave a comment

Your email address will not be published.