रवि लामिछानेले घुमाए दिमाग, चुनाव जित्नेगरी यो क्षेत्रबाट ओर्लिनेभए मैदानमा !

काठमाडौँ – पूर्वसंचारकर्मी रवि लामिछानेले चुनाव लड्ने क्षेत्रकोे टुंगो लगभग लागेको छ । स्वतन्त्रबाट लड्ने चर्चाका बीच सबैलाई चकित पार्दै नयाँ पार्टी गठन गरेका लामिछाने लामो छलफलका बीच चुनाव लड्ने क्षेत्रको टुंगो लगभग भएको हो ।

संचारकर्म छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा होमिएका लामिछानेले काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभाको निर्वाचन लड्ने लगभग पक्का भएको छ । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल रौतहटबाट चुनाव लड्ने पक्का भएपछि यो क्षेत्रबाट सहज हुने भन्दै लामिछाने यो निर्णय लगभग पुगिसकेका छन् ।

अरु केही भव्यतब्य नभए एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने फिक्स भएको हो । श्रोतका अनुसार लामिछाने र उनको टीमले आन्तरिक एपमा काठमाडौँ २ भन्दा बाहिर मतदाता नामावली भए दुईमा सार्न अपिल गरेका छन् ।

‘मेरो श्रीमतीको माइतीघर दुई नम्बरमा पर्छ, विहे गरेर आएपछि ५ नम्बर भएको थियो ।’, रवि लामिछाने निकट श्रोतले भन्यो, ‘रवि लामिछाने दुई बाट उठ्ने भएपछि उनलाई उता सार्न लगाएको छु । उनका साथिहरुले पनि त्यसै गरेका छन् ।’

नयाँ बस्ति भएकाले चुनाव जित्न सजिलो हुने विश्वासका साथ रविले काठमाडौँ क्षेत्र नम्बर २ रोजेका हुन् । नेकपा एसका अध्यक्ष नेपालले रौतहटबाट लड्ने तयारी गरेको सूचनामा आधारमा लामिछानेले २ नम्बर क्षेत्र रोजेको श्रोतको दावि छ

Leave a comment

Your email address will not be published.