विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनकाे शुभकामना दिँदै उनकाे उच्च प्रशंसा गरेका छन् । मिश्रले ज्ञानेन्द्रसँगै स्वर्गीय राजा वीरेन्द्र शाहकाे पनि उच्च प्रशंसा गरेका छन् ।
दुवै राजाले विदेशीसामु झुक्ने काम नगरेकाे, बरु उनीहरूका सर्त अस्वीकार गरेकाे मिश्रले बताएका छन् ।
विदेशीले ‘हाम्राे सर्त मान, पञ्चायती व्यवस्था कायम रहन्छ’ भन्दा वीरेन्द्रले ‘बरु व्यवस्था ढलाेस् तर तिमीहरूसामु झुक्दिनँ’ भनेर जवाफ दिएकाे मिश्रकाे दाबी छ ।
साथै, उनले विदेशीले ‘बेबी किङ’काे सर्त मान्न आग्रह गर्दा ज्ञानेन्द्रले नमानेकै कारण गद्दी त्याग्नुपरेकाे दाबी पनि गरेका छन् ।
उनले फेसबुकमा राखेकाे शुभकामना सन्देश यस्ताे छ :
विदेशी: हाम्रो सर्त मान, पञ्चायती व्यवस्था कायम रहन्छ ।
राजा वीरेन्द्र: ‘व्यवस्था’ ढलोस् तर तिमीहरूसामु झुक्दिनँ
विदेशी: ‘बेबी किङ’ मान, तिम्रो गद्दी कायम रहन्छ ।
राजा ज्ञानेन्द्र: ‘गद्दी’ जाओस् तर तिमीहरूसामु झुक्दिनँ ।
जन्मदिनको धेरैधेरै शुभकामना !
विचार भन्दामाथि देश ।