उपत्यकामा चल्न थाले साझाका बिजुली गाडी, चालक र सहचालक महिला

काठमाडौंमा आजदेखि साझा यातायातको बिजुली गाडी चल्न थालेको छ । बसको उद्घाटन साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले गरेका हुन् ।

साझाका ४० वटा बिजुली गाडी चलाउने योजनाअनुरुप पहिलो चरणमा चिनियाँ कम्पनी सीएचटीसी किनबिन अटोमोबाइल कर्पोरेसनले तीनवटा गाडी उपलब्ध गराएको छ भने बाँकी केही महिनापछि उपलब्ध गराउने भएको छ ।

२६ वटा सिट क्षमताका यी गाडी साढे ८ मिटरका छन् । लो फ्लोर र ह्विल चियर राख्न मिल्ने यी गाडीमा एयर सस्पेन्सन, मोबाइल चार्जिङ पोर्ट, साइकल झुण्ड्याउन मिल्ने र्‍याकलगायतका सुविधा छन् ।

यी बिजुली गाडीलाई ५ घन्टा चार्ज गर्दा २०० किलोमिटर रेन्ज दिने साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए ।

केही समयअघि साझा यातायातले ४० वटा बिजुलीबस खरिद गर्न कम्पनी छनोट गरेको थियो । आवेदन दिएका नौवटा कम्पनीमध्ये साझाले चिनियाँ कम्पनी सीएचटीसी किनबिन अटोमोबाइल कर्पोरेसनलाई छनोट गरेको थियो ।

Leave a comment

Your email address will not be published.