नसुध्रिनेभए प्रचण्डः फेरि दोहोर्याए गल्ती, नेताकार्यकर्ताहरु बने आक्रोशित !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी त्यही गल्ती दोहोर्याएका छन् । प्रचण्डको कदमपछि उनकै पार्टीका नेताकार्यकर्ताहरुले आक्रोश पोखेका हुन् ।

असार १७ देखि चलिरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरे। उबेला बैठकमा सहभागी केन्द्रीय स्तरका नेताले दाहालको विरोध नगरी चुप लागे। कारण थियो, पार्टीमा दाहालको एकछत्र राज।

अध्यक्ष दाहालले आप्mना छोरी–ज्वाइँलाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि पार्टीभित्र झिनामसिना विरोधका स्वर अहिले पनि सुनिन्छन्। दाहालकै ज्वाइँ भएको आधारमा के्रन्द्रीय सदस्यमा मनोनयन भएका आचार्यले न माओवादी आन्दोलनमा लागेर पार्टीका लागि योगदान दिएका थिए, न त उनको कुनै पार्टीप्रति साइनो छ। छोरीका श्रीमान् भएकै आधारमा दाहालले केन्द्रीय सदस्य बनाइछाडे।

यसबाट पनि प्रस्ट देखिन्छ भने माओवादीभित्र जनयुद्धमा योगदान दिएका नेता, कार्यकर्ताहरू क्रमशः पाखा लगाइँदै छन्। जनयुद्धको ‘ज’ पनि थाहा नभएका आचार्य प्रचण्डकै ज्वाइँ भएकै आधारमा केन्द्रीय सदस्य हुन सफल भएको भन्दै आलोचना भइरहेको छ। सुरुमा कांग्रेस पृष्ठभूमिका आचार्य २०६४ सालमा प्रचण्डकी छोरी गंगासँग बिहे गरेपछि मात्र माओवादीमा जोडिएका हुन्।

प्रचण्डको आदेशमा चल्ने पार्टीभित्र पदाधिकारी नियुक्तिमा पनि उनकै हैकम चल्दै आएको छ। भलै माओवादीले पार्टी संरचनाको विधान किन नबनाएको होस्। पार्टी विधानलाई बाइपास गरेर अध्यक्ष प्रचण्डले गत फागुनमै छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य बनाउन खोजेका थिए। त्यतिबेला पार्टीमा ठूलै विरोधका स्वर सुनिएपछि उनी पछि हटेका थिए।

गत आइतबारको बैठकमा माओवादीकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टी अध्यक्ष प्रचण्डलाई परिवारवादबारे लगाइँदै आएको आरोपको औचित्य पुष्टि गर्न वा प्रस्टीकरण दिनसमेत भनेकी थिइन्। उनको माग सुनुवाइ भएन। पार्टी अध्यक्षका छोरी–ज्वाइँ मात्रै भएको आधारमा भटाभट केन्द्रीय सदस्य मनोनीत गरिँदा पार्टी संरचनाको तल्लो स्तरमा आफूहरूले विरोध सामना गर्नुपर्ने स्थिति आएको उनको गुनासो थियो।

अध्यक्ष दाहालले परिवारवादको शृंखला बिहीबारको बैठकमा पनि देखाए। पार्टीभित्र वरिष्ठ महिला नेतृलाई पाखा लगाउँदै छोरी र बुहारीलाई पोलिटब्युरो सदस्य बनाएका छन् प्रचण्डले। पार्टी पोेलिटब्युरो गठनको प्रस्तावसँगै सदस्यहरूको सूची वाचन गर्दा दाहाल परिवारबाट चार जना परेका छन्। प्रचण्डसहित भाइ नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी बिना मगरलाई १२५ सदस्यीय पोलिटब्यूरोमा समाविष्ट गरिएको छ।

यसरी परिवारबाट पोलिटब्यूरोमा चार जना अटाइँदा माओवादी द्वन्द्वकालदेखि नै सक्रिय रहेर स्थापित भएका महिला नेतृ अटाउन सकेनन्। दाहालले आफ्नी छोरी र बुहारीलाई पोलिटब्यूरो सदस्यमा ल्याउँदा माओवादी आन्दोलनमा लागेर दुःख भोगेकी सीता नेपाली भने उनको रोजाइमा परिनन्।

बिहीबारको बैठकमा अध्यक्ष दाहालले १५६ जना पोलिटब्युरो सदस्य मनोनयनको घोषणा गरेका छन्। यसअघि पोलिटब्युरो १२५ सदस्यीय बनाउने निर्णय भएको थियो। दाहालले १२५ भन्दा पछि नाम रहेकाहरू वैकल्पिक पोलिटब्यूरो सदस्य हुने घोषणा गर्न भ्याइसकेका छन्।

यसअघि दाहालले दुई पटकसम्म पढेको पोलिटब्यूरो सदस्यको नामावली अन्टसन्ट भएपछि बैठक एक घण्टाका लागि स्थगित भएको थियो। दाहालले पोलिटब्युरो सदस्यमा आप्mनै परिवारका ४ जनालाई अटाएपछि माओवादीभित्र घर झगडाको संकेत देखिन थालिसकेका छन्।

Leave a comment

Your email address will not be published.