चिप्लिए जनप्रिय मेयर बालेन नमज्जासँग चिप्लिए, यी दुई कदमले कट्टर समर्थक नै उत्रिए विरोधमा !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेन साह जनप्रिय मानिन्छन् । बालेनले काठमाडौंको बागडोर सम्हालेपछि अहोरात्र जनताको सेवामा खटिएर काम गरिरहेका छन् ।

यसैबीच, बालेन दुईटा कदममा नमज्जासँग चिप्लिएका छन् । पहिलोः बालेनले र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो ।

महानगरपालिका स्रोतका अनुसार करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन भएको छ । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।

मेयर बालेका स्वकीय सचिव भुपदेव शाह र्‍यापर यमबुद्धले ‘नेपहप’लाई विश्वमाझ परिरिचत गराएर दिएको योगदानको कदर गर्दै यस्तो निर्णय गरिएको बताउँछन् ।

‘मेयरसाहब आफैं पनि यो जनराको र्‍याप गायक हुनुहुन्छ,’ उनले भने,‘यमबुद्धलाई नेपाली युवापुस्ताका धेरै र्‍यापरले आफ्नो आइडल मान्छन्, धेरै श्रोताले उहाँलाई सम्मान गर्नुहुन्छ, त्यसैलाई ध्यानमा राखेर महानगरले सम्मान स्वरुप सालिक बनाउने निर्णय गरेको हो ।’

सालिक बनाउने निर्णयलाई लिएर अहिले बालेनको उनकै कट्टर समर्थकले चर्को विरोध जनाइरहेका छन् । यसैबीच, दोस्रोः बालेन एउटा सार्वजनिक कार्यक्रममा झ्याप भएर गएको भिडियो अहिले भाइरल बनेको छ ।

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ को गत शनिवार भएको ग्रान्ड फाइनलमा चिफ गेस्टको रूपमा उपस्थित भएका थिए साह । उनी उक्त रियालिटी शोका एक निर्णायक पनि हुन् ।

फाइनलमा स्टेज पटक पटक उभिँदा बालेनको बडी ल्याङ्वेज अलिक अस्वाभाविक देखिएको थियो । उनको बोली केही लरबराएको र शरीर पनि अलि असन्तुलित थियो । त्यसैले उनी त्यसबेला रक्सीले मातेको अनुमान धेरैले गरेका छन् ।

कुनै पनि सार्वजनिक कार्यक्रम होस वा अन्तरवार्ता, बालेन शिष्ट र अनुशासित रूपमा पेश हुने गर्छन् । कहिले पनि उनले अमर्यादित वा उत्ताउलो व्यवहार गरेको देखिँदैन ।

यस कार्यक्रममा भने उनी स्वभाव विपरीत केही अस्थिर र चञ्चल देखिएका थिए । एक पटक उद्घोषिकाले बोल्दै गर्दा बालेन बिना प्रसंग अचानक उनीसामु आएर माइक तान्न खोजे । उद्घोषिकाले केही भनेपछि ब्याक हटे र दुवै हात अगाडि राखेर आफ्नो सिग्नेचर पोजमा उभिए । साथै, उनी जोसित पनि आलिंगन र कानेखुसी गरिरहेका देखिन्थे । बालेनको प्रस्तुतिमाथि विभिन्न टीकाटिप्पणी भएका छन् । कार्यक्रमको लाइभ प्रशारण हुँदा नै ‘मेयर झ्यापमा’ भन्दै अत्यधिक कमेन्ट आएका थिए ।

बालेन पनि आम मानिस नै भएकाले कार्यालय समयबाहेक उनको पनि निजी जीवन हुन्छ त्यसमा सरोकार राख्नुहुदैन् तर सार्वजनिक कार्यक्रममा त्यो पनि सार्वजनिक छवि भएको व्यक्ती झ्याप भएर जानु कत्तिको सान्दर्भिक भन्दै बालेनको आलोचना भइरहेको छ । पहिलो सालिक र दोस्रो झ्याप भएको बिषय यी दुई कदमले बालेनको लोकप्रियताको ग्राफलाई ओरालोतर्फ अगाडी बढाएको छ ।

स्रोत:यो खबर प्रहार न्युजमा प्रकाशित छ ।

Leave a comment

Your email address will not be published.