अमेरिकाबाट बाहिरिएको यो खबरपछि गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना बढ्यो ह्वात्तै, देशभरका कांग्रेसीहरु बने उत्साहित !

काठमाडौं । वाककलाकै कारण नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा जहिल्यै चर्चामा रहने गर्दछ । विरोधीहरुले त उनलाई गफैले मात्र टिकेका गगन भनेर समेत टिप्पणी गर्ने गर्दछन् । जसले जे भनेपनि गगन थापा प्रधानमन्त्रीको लाइनमा छन् ।

थापाले केहीदिन अघि एउटा राष्ट्रिय टेलिभिजनको चर्चित कार्यक्रममा आफू प्रधानमन्त्री बन्न योग्य रहेको अभिव्यक्ती दिएका थिए । उनले आउने चुनावमा प्रधानमन्त्रीको उम्मेदवार बनेर आफू अगाडी बढ्ने बताए ।

नेपालमा अहिलेसम्मको इतिहास हेर्दा बुढापाकाहरुले मात्र देशको बागडोर सम्हाल्दै आएका छन् तर यो भिडमा युवा नेता थापाले ओभरटेक गरेर अगाडी बढ्छु भनेर सार्वजनिक रुपमा बोलेपछि तरंग पैदा गरेको छ । यसैबीच, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका शर्माले कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको कार्यक्रममा बोल्ने क्रममा शर्माले थापाको पक्षमा विचार व्यक्त गरेका हुन् । सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उनले बताएका हुन् ।

सोही कार्यक्रममा सहभागी गोरखाका कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले महामन्त्री शर्माको बोली उधृत गर्दै भने, ‘५० वर्षमुनि उमेर समूहबाट प्रधानमन्त्रीमा गगनको दाबी स्वाभाविक हो । सिनियर जुनियरको कुरा हामी वीचमा हुँदैन ।’

महामन्त्री थापाले अन्तवार्ताका क्रममा निर्वाचन पश्चात् प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन् । कांग्रेसमा संसदीय दलको नेता चुनिएर मात्रै प्रधानमन्त्री बन्ने प्रावधान छ ।

संसदीय दलको नेता चुन्नका लागि हुने निर्वाचनमा थापाले उम्मेदवारी दिने बताउँदै आएका छन् । सफलरअसफल जुनसुकै परिणाम पनि स्विकार्नका लागि प्रयास गर्ने उनको भनाइ छ । थापाको प्रधानमन्त्रीमा दाबी र पार्टीकै आशा गरिएका अर्का महामन्त्रीले समर्थन जनाएपछि कांग्रेसीहरु उत्साहित बनेका छन् ।

Leave a comment

Your email address will not be published.