नवलपुरमा केरुङ्गे खोलामा डुबेर बालकको निधन

नवलपुर | पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको निधन भएको छ ।

नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका ५ मा केरुङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार कावासोती ५ निवासी नवलसिंह झेडीको निधन भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका बालकको स्थानीय र प्रहरीले उद्दार गरेको थियो ।

बालकको उद्दार गरी प्रहरीले तत्काल उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको भए पनि अस्पताल पुगेको केही बेरमै स्वास्थ्यकर्मीले बालकको निधन भएको घोषणा गरेको थियो ।

यो पनि
काभ्रेमा पाँचजनामा कोरोना पुष्टि

काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

जिल्लामा साढे चार महिनापछि सङ्क्रमणको लहर देखिएको कार्यालयले जनाएको हो। काभ्रेमा कोरोनाको लहर बढ्न सुरुआत गरेको अनुमान गर्न सकिन्छ’ कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइँले भने उनकाअनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिने छ।

पाँच सङ्क्रमितको अवस्था सामान्य नै रहेको जनाइएको छ। जिल्लामा यसअघि गत वर्षको चैत पहिलो साता एकमा कोरोना देखिएको थियो।
गत फागुन मध्यमा तेस्रो लहरको यसको सङ्क्रमण दर शून्यमा झरेको कार्यालयको तथ्याङ्कले देखाएको छ।

जिल्लामा हालसम्म दुई वर्ष पाँच महिनाको अवधिमा १७ हजार ५६० मा कोरोना देखिएको छ।तीमध्ये कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लाका १९४ तथा तेस्रो लहरका बीच एक पुरुषको मृत्यु भएको थियो। सङ्क्रमितमध्ये नौ हजार ३९४ पुरुष तथा आठ हजार १६६ महिला हुन्।

Leave a comment

Your email address will not be published.