नेपाली वैज्ञानिक महावीर पुन पनि अब सांसद

काठमाडौं — नेपाली वैज्ञानिक महावीर पुनले ठूलो सम्मान पाएका छन् । राष्ट्रिय आविष्कार केन्द्रको संयोजक समेत रहेका बैज्ञानिक पुनलाई ‘गण्डकी रत्न’ले सम्मान गरिएको हो । सोमबार गण्डकी प्रदेश सरकारले सम्मान गरेको हो । प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने सरकारले घोषणा गरेको थियो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । सरकारको वार्षिकोत्सवको दिन पुन मुलुक बाहिर भएकाले सम्मान रोकिएको थियो ।

विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाागीमा २०११ सालमा जन्मिएका थिए । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन बायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा कार्य गर्दै आएका छन् । पुन यसअघि रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्यसरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा निःशुल्क उपचार, विमानस्थलको भीआइपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ ।

गण्डकी सरकाले प्रत्येक वर्ष ३ जनालाई गण्डकी रत्न दिने घोषण गरेको थियो । पहिलो पटक पुनलाई मात्र दिने निर्णय भएको थियो । गण्डकी प्रदेशमै जन्मिएर मुलुकमा योग्दान पुयाएका गण्डकी रत्नका लागि योग्य ठानिनेछन् । शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासनलगायत क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट सम्मान गर्ने गरी कार्यविधि बनाइएको छ ।

विभूषण ग्रहणपछि पुनले आफू अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरू समृद्ध भएको बताए । अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको बताउँदै उनले युवाहरू रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको बताए ।

अनुसन्धान र विकासका लागि ढिला गर्न नहुने भन्दै उनले अनुसन्धान आफैंमा कठिन काम भएको १ सयवटा अनुसन्धानमध्ये १०र१५ वटा मात्र सफल हुने भएकाले शतप्रतिशत नतिजा आउन नसक्ने बताए । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल भएको भन्दै प्रशंसा गरे ।

Leave a comment

Your email address will not be published.