सधैं जनता हसाउने नचाउने सर्वप्रिय मेयर हर्क साम्पाङले जब आशु झारे…

काठमाडौँ – सर्वप्रिय मेयरका उपनामले परिचित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आशु झारेका छन् । सधैं जनता हसाउने नचाउने मेयर राईको आँखामा आशुमा देखेपछि धरानी जनता समेत भावुक भएका हुन् ।

जनता साथमा लिएर मेयर साम्पाङ्को निरन्तरको कडा मिहिनेतले ठूलो सफलता हात पारेका छन् । धरानका जनतालाई शुद्ध पानी खुवाउने उनको सपना पुरा भएको छ ।

आफै श्रमदान गरेर साम्पाङले पकुवा खोलाको पानी धरानको सर्दु भन्ने ठाउँमा पुर्याएका छन् । धरानमा पानी पुगेपछि उनले आफ्ना आँखाबाट आँशु रसाएको सामाजिक सञ्जालमार्फत समेत बताएका छन् ।

‘म एउटा माध्यम मात्रै हुँ, गर्ने सबै धराने जनता हुन्’, सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘सबै–सबैलाई अति धेरै सम्मानका साथ धन्यवाद । आज सर्दु छेउको बस्तीमा पानी आइपुग्यो । यो देख्दा आँखा रसाएको छ मेरो ।’

उनले अगाडी लेखेका छन्, ‘आखिर म जनताको सेवक न परें १ यति सेवा गर्न पाउँदा म अत्यन्तै खुसीछु, विरोधीहरुका लागि यो सानो काम होला तर मेरो लागि यो कामको अर्थ अपरम्पार छ १’

उनलाई विरोधीहरुले श्रमिक बनेको, मेयर भएर ढुंगा बोकेको, कुल्ली, किसान लगाए शब्दको प्रयोग गर्दै बदनाम गर्न खोजेका थिए । त्यही कुल्ली काम गरेर साम्पाङले आज धराने जनतालाई पानी खुवाउन सफल भएका छन् ।

Leave a comment

Your email address will not be published.