फुटपाथमा निर्माण सामग्री राख्नेलाई पाँच हजार जरिवाना

काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्नेलाई ५ हजार जरिवाना गराएको छ।

महानगरपालिकाले फुटपाथ र सडकमा निर्माण सामाग्री राखेको कारण आज कारबाही गरिएको जानकारी गराएको छ।

फुटपाथ अबरोध भएर पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आइरहेको बताउँदै महानगरले भनेको छ, ‘कारबाही बाध्यता हो। तर, कानुनको पालना गर्दै अरुलाई असुविधा पर्ने कार्य नगर्नु सबैको कर्तव्य हो।’

यसअघि हिजो (मंगलबार) मात्रै काठमाडौंको रातोपुल नजिकैबाट नदीमा फोहोर फाल्ने एक कम्पनीलाई २५ हजार जरिवाना गरेको थियो।

गुनासाहरुको सम्बोधन र महानगरको आफ्नै अनुगमन सँधै कायम रहेको महानगरले जनाएको छ।

यो पनि

फेरि बढ्दै कोरोना, १७७ जनामा संक्रमण


कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार १२६ जनामा गरिएको परीक्षणमध्ये आज १७७ जनामा संक्रमण देखिएको हो।

असार २६ गते १२१ र असार २७ गते १६८ जनामा संक्रमण देखिएको थियो। सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ जना रहेका छन्।

विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या नौ लाख ६७ हजार ७६५ पुगेको छ। निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

संक्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य संक्रमित भएका जिल्ला १४ रहेका छन्।

अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आईसीयू) मा ११ जनाको उपचार भइरहेको छ।

यस्तै, विगत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।

Leave a comment

Your email address will not be published.