काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटस हटाएका छन्।
पछिल्लो समय अनक आलोचना खेपिरहेका मेयर बालेन्द्रले सोमबार राति फेसबुक पेजमा एउटा विचार समेटिएको स्टाटस लेखेर हटाएका हुन्।
मेयर बालेन्द्र बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले विवादमा तानिएका छन्।
र्यापर अनिल अधिकारी (यमबुद्द) को सालिक बनाउन बजेट छुट्याइएको भन्दै आलोचना खेपेका थिए।
उनले सोमबार राति लेखेको स्टाटसमा `काम गर्न देऊ, डिस्टर्व नगर´ लेखिएको थियो।
स्टाटस पोस्ट भएको १४ मिनेटमा ५ हजार बढी लाइक र झन्डै एक हजार कमेन्ट भएको थियो।
यो पनि
पहिलो नेपाल टी२० लिगले आईसीसीबाट पायो अनुमति
नेपाल टी२० क्रिकेट लिगको पहिलो संस्करण आयोजना गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अनुमति दिएको छ।
प्रतियोगिता आगामी सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म काठमाडौंमा आयोजना हुँदै छ।
योसँगै नेपाल टप इन्टरनेसनल टी२० क्रिकेट लिगमा प्रवेश गरेको छ। यो प्रतियोगिता क्यानको ड्रिम प्रोजेक्ट हो भने नेपालको एक मात्र आधिकारिक लिग हो।
प्रतियोगिताको व्यावसायिक साझेदारमा सेभेन३ स्पोर्ट्स प्रालि रहेको छ। यो साझेदारीलाई लिएर नेपालमा क्यान विवादमा समेत मुछिएको थियो।