सरकारी कर्मचारीमाथि निर्घात कुटपिट गर्ने ‘सुन मान्छे’ पक्राउ

सरकारी कर्मचारीमाथि निर्घात कुटपिट गर्ने ‘सुन मान्छे’ पक्राउ

सुन मान्छे भनेर चिनिने सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।

हिजो असार २७ गते फोहोर थुपार्ने गाडीको फोटो खिच्ने क्रममा एक सरकारी कर्मचारीलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले घिसिङलाई पक्राउ गरेको हो।

उनलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

पक्राउ परेका घिसिङ फोहोर व्यवसायमा संलग्न थिए। उनले बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी बलराम श्रेष्ठमाथि हातपात गरेका थिए। हातमा लगाइएको घोच्ने औँठीले पछाडिबाट टाउकोमा हिर्काएपछि श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको थियो।

श्रेष्ठको अहिले उपचार भइरहेको छ। श्रेष्ठको टाउकोमा तीन टाँका स्टिच गरिएको थियो।

भारतीय दूतावास नजिक फाेहाेरकाे झाेलालाई बम ठान्दा तनाव

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास नजिक शंकास्पद बस्तु फेला परेपछि तनाव उत्पन्न भएकाे छ। कपुर्धारा मार्गमा शंकास्पद झोलाभेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो।

तर पछि साे झाेलामा फाेहाेर भेटिएकाे थियाे। उक्त झोला भारतीय दूतावासमा माली काम गर्ने सर्लाही घर भएकी वर्ष ३० की शशिकला चौधरीको रहेको बुझिएको छ। शशिकलालाई प्रहरीले आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएर वृत्त साेह्रखुट्टे लगिएकाे वृत्तका डीएसपी दुर्गा दाहालले जानकारी दिए।

Leave a comment

Your email address will not be published.