बालेनलाई एमालेले सर्लक्कै काँध हालेपछि…

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको एउटा विवादित निर्णयलार्ई दह्रो साथ दिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बालेनको र्‍याप गायक यमबुद्धको सालिक बनाउने निर्णयको खुलेर प्रशंसा गरेका हुन् ।

पौडेलले महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् ।संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो,’ पौडेले ट्वीट गरेका छन्, ‘तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

महानगरपालिकाले यमवुद्धको सालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । त्यसपछि मेयर बालेन साहले सालिक आफ्नै पारिश्रमिबाट बनाउने घोषणा गरेका थिए । पछिल्लो समय बालेनको एमालेसँग सम्बन्ध नजिकिएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए। त्यसक्रममा मेयर शाहलाई ओलीले एउटा तबला उपहार दिएका एमाले नेता कर्णबहादुर थापाले बताएका छन्।

ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि काठमाडौं महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए। जतिबेला बालेन जितउन्मुख थिए।

Leave a comment

Your email address will not be published.