चिनियाँ नेता लिउले आफ्नो भ्रमण दलकी यी सुन्दरीलाई किन छाडे नेपालमै ? खुल्यो गम्भीर रहस्य !

काठमाडौं – नेपालको चारदिने भ्रमण पूरा गरी चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख लिउ जियान्चाओ बेइजिङ फर्किए तर आफ्नो भ्रमण दलमा आएकी एक सदस्यलाई नेपालमै छाडेपछि तरंग पैदा भएको छ । लिउसँगै नेपाल भ्रमणमा आएकी चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय समन्वय विभागकी सदस्य चेङ योउया केही दिन नेपालमै रहने भएकी छन् ।

लिउको भ्रमणपछि नेपालका राजनीतिक दल, बुद्धिजीवी र विभिन्न पक्षको धारणा बुझ्न उनलाई काठमाडौंमै छाडिएको हो । चेङ योउया विदेश विभागअन्तर्गत नेपाल मामिला कार्यालयमा कार्यरत छिन् । स्रोतका अनुसार लिउको नेपाल भ्रमणका लागि उनले समन्वय गरेकी थिइन् ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा अध्ययन गरेकी उनले लिउ तथा नेपाली शीर्ष नेताहरूको संवादको अनुवाद गरेकी थिइन् । उनी नेपाली भाषामा दख्खल राख्छिन् । उनी पाँच वर्षदेखि चिनियाँ कम्युनिस्ट पार्टी हेडक्वार्टरमा माथिल्लो ओहोदामा कार्यरत छिन् ।

नेपाली नाम सरला राखेकी चेङसँग सम्पर्कमा रहेका एक नेपाली नेताका अनुसार लिउको भ्रमणपछि नेपालका राजनीतिक दल, बुद्धिजीवी र विभिन्न पक्षको धारणा बुझेर उनी बेइजिङ जानेछिन् ।

आमनिर्वाचन आउनु चार महिनाअघि चीन नेपालका कम्युनिस्टहरूलाई फेरि एकपटक मिलाउन चाहन्छ । त्यही कारण पार्टीकै शक्तिशाली नेतालाई उसले चार दिनसम्म नेपालमा अड्डा जमाएर बस्न पठाएको हो । लिउले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललाई भेटेका थिए ।

ओलीसँग त चार घन्टा उनकै निवास बालकोटमा बिताएका थिए । चीन फेरि पनि नेपालमा कम्युनिस्ट सरकार देख्न चाहन्छ । ओलीकै आग्रहमा चिनियाँ नेता लिउलाई चीनले नेपाल पठाएर प्रचण्ड र माधव नेपालसँग भेटवार्ता गरेको बताइन्छ ।

Leave a comment

Your email address will not be published.