एमालेमाथि ‘ब्याक टु ब्याक’ प्रहार गरेको भन्दै माधव नेपाल आक्रोशित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेकपा एमालेमाथि पटकपटक प्रहार गरेकोप्रति आपत्ती जनाएका छन् । अध्यक्ष नेपालले एमालेमाथि धेरै प्रहार गर्नु ठीक नहुने बताएका हुन्। शुक्रवार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताए ।

उनले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताए। आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहर नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उचित नभएको तर्क उनले गरे।

अध्यक्ष नेपालले अहिले निर्वाचन परिणामले आफूहरु नेकपा एमालेभित्र हैसियत भएको शक्तिका रुपमा रहेको तर्क गरे। त्यही शक्तिलाई बेवास्ता गर्दा एमालेले नोक्सान भोगिरहेको दाबी उनले गरे।

‘अहिले निर्वाचनको परिणामले एउटा सन्देश दिएको छ। त्यो सन्देश भनेको नेकपा एमालेभित्र हामी एउटा हैसियत भएको शक्ति थियौँ भन्ने होु, उनले भने, ुयत्रो ठूलो पङ्क्तिलाई बेवास्ता गर्दा सबैभन्दा धेरै नोक्सान एमालेलाई नै भएको छ। पार्टीलाई उचाइमा पुर्‍याउने क्षमता हामीमा छ।

राष्ट्रिय राजनीतिमा हाबी हुनसक्ने खुबी हामीमा छ। अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेको छैन। हामीले पनि प्रहार गर्नुहुँदैन। राष्ट्रिय राजनीतिमा भएको हाम्रो हैसियतबाट निराश हुनुपर्ने अवस्था छैन।’

अध्यक्ष नेपालले अझै पनि जनतामा भिजेका नेताहरु आफ्नो पार्टीमा रहेको तर्क गर्दै त्यसको उदाहरण पोखरा नगरपालिका र हेटौंडा उपमहानगरपालिकामा देखिएको पनि बताएका छन्।

Leave a comment

Your email address will not be published.