काठमाडौं । काठमाडौं महानगरापालिकाका मेयर बालेन शाह शनिबार बिहानै पर्चा बाढ्दै हिडेका छन् । महानगरले भोलिदेखि कुहिने र नकुहिने फोहोर छुटा छुटै संकलन गर्दै छ ।
बालेनले छुटा छुटै फोहोर संकलन कसरी गर्ने भन्ने तौर तरिका छापिएको पर्चा बाढ्दै हिडेका हुन् ।
उनले कुहिने र नकुहिने फोहोर व्यवस्थापन कसरी गर्ने भनेर छापिएको पर्चा वितरण र माइकिङ सहित घरदैलो अभियान थालेका हुन् । पर्चा वितरण गर्दै फोहोर व्यवस्थापन कसरी गर्ने समेत सिकाएका छन् ।
काठमाडौं महानगरपालिकाले भोलि आइतबार अर्थात साउन एक गतेदेखि लागु हुने गरी कुहिने र नकुहिने फोहर छुटा छुटै संकलन गर्दै छ ।
महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ।