ललितपुरमा विद्यार्थी कुटपिट प्रकरण : १० कक्षासम्म निःशुल्क पढाइदिने भित्रभित्रै सहमति

ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित लिटिल स्टार इङ्लिस स्कुलको ५ कक्षामा पढ्ने एक बालकलाई मरणासन्न हुने गरेर कुटपिट गरेको प्रकरण भित्रभित्रै मिलापत्र गरेको पाइएको छ ।

‘दुई हप्ता अगाडिको घटना रहेछ । घाइते बालकको उपचार गरेर १० कक्षासम्म निःशुल्क पढाउने सहमति भएको रहेछ,’ राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद तिवारीले भने, ‘पीडित परिवारले पनि मिलापत्र भइसकेको बताएका छन् ।’

विद्यार्थी कुट्ने निर्दयी शिक्षक, जसलाई तीन वर्षसम्म कैद हुन सक्छ

मिलापत्र भए पनि बालअधिकार हनन भएको भन्दै आयोगले छानबिन गरिरहेको छ । ‘घटना के भएको हो भनेर नगरपालिका र प्रहरीलाई पत्र पठाएका छौँ,’ उनले भने, ‘अनुसन्धानपछि रिपोर्ट सार्वजनिक गर्छौं । दोषीलाई बालअधिकार ऐनले कारबाही गर्छ ।’

कानुनअनुसार बालबालिकामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरिएको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पु¥याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ ।

विद्यालयमा बालक कुटपिट प्रकरण : भित्रभित्रै मिलाउन खेल

उक्त ऐनको दफा ७२ मा उक्त कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । जसमा शरीरमा चोटपटक पुर्‍याएमा ७५ हजार जरिवानादेखि ३ वर्षसम्म कैद हुने व्यवस्था छ । सार्वजनिक तस्वीरमा बालकको शरीरभरि निलडाम छन् । उनीमाथि प्रिन्सिपल महर्जनले स्केलले निर्घात कुटपिट गरेको आरोप छ ।

Leave a comment

Your email address will not be published.