छुट्टिमा घर जाँदै गरेका प्रहरी हवल्दार कुटिए, प्रहरीबाटै उजुरी लिन अस्वीकार !

रोल्पा । रोल्पामा एक प्रहरी हवल्दार कुटिएका छन् । रोल्पा नगरपालिका ६ स्थायी घर भएका प्रहरी हवल्दार रामकुमार बाँठा मगर बिदामा घर फर्कदै गर्दा बाटोमा कुटिएका हुन् ।

पालिकाको जिबाङस्थित अनेरी खोलामा स्थानीय राजनीतिक दलको नेतृत्वमा आएको टोलीले मगरमाथि कुटपिट भएको हो ।

गत स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार रहेका खेमबाबुराज डिसी नेतृत्वको टोलीले उनीमाथि आक्रमण गरेको हो । निर्वाचनमा उनी पराजित भएका थिए ।

उक्त टोलीले मंगलबार बेलुकी उनलाई मोटरसाइकलमा पछ्याउँदै अनेरी खोलामा पुग्दा सांघातिक हमला गरेको हो ।

कोटगाउँस्थित प्रहरीले घटनाबारे चासो नदिएपछि जिल्ला प्रहरी कार्यालय लिबाङबाट गएको टोलीले मंगलबार बेलुकी जिल्ला अस्पताल रेउघा पुर्याएको थियो । अहिले मगरको जिल्ला अस्पताल रेउघामा उपचार भैरहेको छ ।

हवल्दार मगरले आफूमाथि भएको कुटपिटबारे उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिन मानेको छैन । आफ्नै संगठनका सदस्यमाथि निर्घात कुटपिट हुँदा पनि प्रहरी प्रशासन भने मौन बनेको छ ।

घटनालाई जिल्लास्थित राजनीतिक दलको दबाबमा प्रहरीले धाकछेप गर्नै प्रयास गरिरहेको छ ।

स्रोत: news 24 मा प्रकाशित छ ।

Leave a comment

Your email address will not be published.