माधव नेपालले गरे ठूलै आँट, यस्तो निर्देशन नै दिएपछि हौसिए नेताकार्यकर्ताहरु !

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आम निर्वाचनमा २० लाख समानुपातिक भोट ल्याउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय तह चुनाव निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले प्रत्यक्षतर्फ पनि पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे।

’यहाँहरुले नै समानुपातिकमा कम्तिमा २५ लाख भोट ल्याउने भन्नुभएको छ। प्रत्यक्षतर्फ पनि धेरै उम्मेदवार जिताउने भन्नुभएको छ। हामीले २० लाख समानुपातिक भोट ल्याउनसक्नुपर्छ। प्रत्यक्षतर्फ पनि धेरै उम्मेदवार जिताउन सक्नुपर्छ,’ उनले निर्देशन दिँदै भने, ’प्रदेशलगायत आफ्नो क्षेत्रमा त्यहीअनुसार जुट्नुस्। हाम्रो हौसला बुलन्द हुनुपर्छ।’

उनले एकीकृत समाजवादी पार्टीले एकताबद्ध गराउने क्षमता र आजको आवश्यकता पनि रहेको बताए। त्यसका लागि वाम शक्ति एकताको पहल र कम्युनिस्ट आन्दोलनमा लागेकाहरुसँग निरन्तर सम्वाद भइरहेको बताए।

उनले सबै पार्टीको सम्मान गर्न पनि आग्रह गरे। ’कुनै पनि पार्टीलाई अवमूल्यन गर्ने काम नगर्नुस्। एकअर्काको सम्मान गर्दै वास्तविकरुपमा खुबी क्षमता र भूमिकालाई राम्रो महसुस गर्दै ’वीन–वीन’ हिसाबले जुट्न आवश्यक छ,’ उनले भने। उनले प्रत्येक प्रदेशमा पार्टी स्कुलको व्यवस्था गर्ने र पार्टीको विचार र नीतिका बारेमा प्रशिक्षण गर्ने बताए।

Leave a comment

Your email address will not be published.