सामन्था भन्छिन्, ‘नागा चैतन्य र म एउटै कोठामा भए धारिलो चिज लुकाउनुपर्छ’

केही समयअगाडि दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभु र नागा चैतन्यले सम्बन्ध विच्छेद गरे। त्यतिबेला उनीहरूले मित्रताको सम्बन्ध कायम राख्ने बताउँदै वैवाहिक सम्बन्ध टु‌ंगाएका थिए।

तर हालै करण जोरहको शो ‘कफी विथ करण’ मा सामन्थाले नागा चैतन्यसँग राम्रो सम्बन्ध नरहेको बताएकी छन्। उनले दुवैजना एउटै कोठामा भए धारिलो चिज लुकाउनु पर्ने समेत बताएकी छन्।

अहिले नागाप्रति केही महसुस हुँदैन। यदि हामी दुई एउटा कोठामा बन्द भयौं भने चक्कुजस्ता धारिलो चिज लुकाउनु पर्छ। अहिले राम्रो सम्बन्ध छैन तर सायद पछि राम्रो हुन्छ कि,’ उनले भनिन्।

उक्त कार्यक्रममा करणले ‘पूर्वपतिसँग सम्बन्ध विच्छेद गरेपछि ट्रोलिङ झेल्नु पर्याे होला नि?’ भनेर प्रश्न गरेका थिए।

जवाफ दिँदै सामन्थाले भनिन्, ‘त्याेबेला धेरै ट्रोलको सामना गर्नु पर्याे। तर यसबारे गुनासो गर्न सक्दिनँ। मैले सधैं आफूलाई मन लागेको कुरा गरें। त्यो सम्बन्धलाई पनि म आफैले रोजेको थिएँ। जब हाम्रो डिभोर्स भयो, यसमा धेरै चिन्तित हुन सक्दिन थिएँ। किनकि मेरो जीवनमा उसले लगानी गरेको थियो। त्यतिबेला मसँग कुनै जवाफ थिएन। साँच्चै कठिन समय थियो। अहिले सब ठिक छ र म बलियो भएकी छु।’

सामन्था र नागाको पहिलो भेट सन् २००९ मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’को सेटमा भएको थियो। त्यो बेलादेखि नै उनीहरूको सम्बन्ध राम्रो थियो र दर्शकहरूले पनि यो जोडीलाई मन पराएका थिए।

उनीहरूबीच राम्रो बुझाइ भए पनि उनीहरू सम्बन्धमा भने बसेनन्। त्यो समय नागा अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए। सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन्।

तर सन् २०१३ तिर नागा र श्रुतीको ब्रेकअप भयो, सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए। ब्रेकअपपछि सामन्था र नागा केही समय एकअर्कासँग प्रेम सम्बन्धमा रहे। उनीहरूले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए। तर २ अक्टोबर २०२१ मा उनीहरूले डिभोर्स गरे।

Leave a comment

Your email address will not be published.