घरायसी विवादमा श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु

ताप्लेजुङमा श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बू मारिएकी हुन् ।

सामान्य घरायसी विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना हिजाे साँझकाे हाे । खुर्पाको पछाडिको भागले प्रहार गर्दा कान्छीमायाकाे मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ । शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ ।

शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे छ ।

Leave a comment

Your email address will not be published.