नेपाली वैज्ञानिक महावीर पुनले हल्लाए विश्व (हेर्नुस् तस्वीरसहित)

काठमाण्डौ – नेपाली वैज्ञानिक महावीर पुनले विश्व हल्लाएको खबर छ । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले विश्व हल्लाएको खबर उनले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेको छ जहाँ विश्वभरका वैज्ञानिकका आविष्कारहरु पठाइएका थिए ।

अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको बेबी वार्मर मेसिनले पिपुल्स च्वाइसको अवार्ड जितेको अध्यक्ष महावीर पुनले जानकारी दिएका छन् ।

बेबी वार्मर बनाउने इन्जिनियरले अमेरिकाको भिसा नपाएपछि मेसिनलाई कार्गोमार्फत अमेरिका पठाइएको र इन्जिनियरले जुममार्फत भाग लिएको पुनले बताए ।पुनले आउँदो दिनमा आविष्कारको क्षेत्रमा अघि बढ्न अवार्डले हौसला मिलेको पनि उल्लेख गर्नुभएको छ ।

उनले लेखेका छन् ः काठमाडौँको अमेरिकन दुताबासले हाम्रा अनुभबी र अनुसन्धानको काममा एकदमै समर्पित ३ जना ईन्जिनियरहरुलाई अमेरिका आउने भिसा नदिए पनि राष्ट्रिय आविष्कार केन्द्रमा बनेको एउटा बायो–मेडिकल उपकरण अमेरिकाको प्रदर्शनीमा जसरी भए पनि राखियो र सबै भन्दा धेरै दर्शकहरुले मन पराएको पुरस्कार ((People’s Choice Award)) पनि जितियो । खाने मुखलाई जुंगाले छेक्दैन नि हाउ !!! अमेरिकी दुताबासले पनि राष्ट्रिय आविष्कार केन्द्रलाई नपत्याएकै रहेछ भन्ने थाहा भयो । भिसाको अन्तरबार्ता लिनेहरुलाई पनि रिसर्च र ईनोभेसन भन्ने कुरा थाहा रहेनछ कि क्या हो ??

गत बर्ष देखि अमेरिकाको Northeast Ohio Medical University संग राष्ट्रिय आविष्कार केन्द्रले बायो–मेडिकल बिषयमा सहकार्य गरि रहेको छ । सो युनिभर्सिटीले बायो–मेडिकल उपकरणहरु को ईनोभेसन सम्बन्धि एउटा प्रदर्शनी राखेको थियो र आविष्कार केन्द्रलाई पनि निमंत्रना गरेको थियो ।

त्यसको लागी आविष्कार केन्द्रमा बनेको “न्यानो नानी” भन्ने नाम दिइएको बच्चाहरुलाई न्यानो बनाउने Baby Warmer पठाईएको थियो । सो प्रदर्शनीमा भाग लिने र प्रदर्शनी पछि एक महिने तालिम पनि दिने भनेर सो युनिभर्सिटीले हाम्रो तिन जना ईन्जिनियरहरुलाई निमन्त्रणा पनि गरेको थियो। तर उनीहरुलाई दुताबासले भिसा दिएन।

त्यसैले हामीले अर्कै उपाय निकालेर प्रदर्शनीमा हाम्रो बेबी वार्मर देखाइयो । बेबी वार्मर लाई एक्सप्रेस कार्गोद्वारा अमेरिका पठाइयो । हाम्रा इन्जिनियरहरुले नेपाल बाट नै जुम बाट भाग लिए ।

साथै सोहि युनिभर्सिटीका मेडिकल बिद्यार्थीहरुले दर्शकहरु लाई उपकरणको बारेमा बनाइएको पर्चाहरु बाँड्न मदत गरे र उनीहरुले जाने बुझे सम्मको बिस्तृत जानकारी पनि दिए । सो प्रदर्शनीमा डा. दामोदर पौडेल, डा. संजु महतो, प्रशान्त मानन्धर र म पनि थियौं । जे भयो राम्रो भयो । कसैले छेक्दैमा हामी छेकिनेवाला होइनौं र कुनै हालतमा पनि अगाढी बढ्ने छौं । कुरा बुझ्नु भो ??? धन्यवाद

Leave a comment

Your email address will not be published.