दिलमाया प्रकरण: हत्या आरोपमा पक्राउ परेका श्रेष्ठ जेल चलान

लोकगायिका दिलमाया सुनार हत्याको आरोपमा पक्राउ परेका युवा जेल चलान भएका छन् । सुर्खेत गुर्भाकोट नगरपालिका–२ की ३३ वर्षीया सुनार ११ असारमा बालाजुस्थित आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।

उनको हत्याको आरोपमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का ३८ वर्षीय सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठलाई आइतबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

प्रहरीको अनुसन्धानले घटनामा संलग्न रहेको आभियोगमा श्रेष्ठलाई पक्राउ गरेको थियो ।

यो पनि

धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरू पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नवाैँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्टहरू मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरूमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताए । उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए ।

उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब माथि हुने बताए । अध्यक्ष दाहालले श्रमजीवि जनता र क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने कुरा सपनाझैँ भएको बताए ।

अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताए । उनले देशको शासन प्रणाली पनि शासन देश अनुकूल नभएको दाबी गरे । अध्यक्ष दाहालले अहिले सांसद हुन करोडौँ खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बताए । उनले भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उल्लेख गरे । अध्यक्ष दाहालले यसबारेमा माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रूपले बोल्ने आधार रहेको दाबी गरे ।

‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो । श्रमजीवि जनताले अब क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो । आउने दलाल पुँजीपतिहरू आउने भए । नोकरसाह पुँजीपति आउने भए । भ्रष्टहरू आउने भए । त्यो खतरा दिनप्रतिदित बढ्दो छ’, प्रचण्डले भने ।

Leave a comment

Your email address will not be published.