काठमाडौं :
एसिड हान्दिन्छु भन्दै प्र्याङ्क भिडियो बनाउने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवपरासी हुप्सेकोट ३ का २६ वर्षीय प्रदीप भन्ने पूर्ण चन्द्र भुसाल रहेका छन् । भुसाललाई कावासोती नवलपरासीबाट पक्राउ गरिएको हो ।नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।
बाटोमा हिँडिरहेकी महिलालाई उनले साथमा भएको पैसा, मोबाइल, गर गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु भन्दै भिडियो बनाएर बदमास केटा नामक युट्युब च्यानलमा हालेका थिए ।
एसिड जस्तो अति संवेदनशील घातक पदार्थ प्रयोग गर्छु भन्दै सामाजिक संजालमा हालेपछि प्रहरीले पक्राउ गरेको हो ।भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनका म्याद थप गरिएको छ ।
दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु ;दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ ।महाकाली नगरपालिका–३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला परेको प्रहरीको भनाइ छ ।