देउवासँग ‘लफडा’ गर्ने कर्ण मल्ललाई काँग्रेस (बीपी)ले बनायो उपसभापति

नेपाली काँग्रेस (बीपी) ले पूर्व प्रदेश सांसद तथा डडेलधुराका नेता कर्ण मल्ललाई पार्टी वरिष्ठ उपसभापति बनाएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवासँग अन्तरविरोध हुनुका साथै पार्टी हितविपरीतका गतिविधि गरेपछि उनी कारबाहीमा परेका थिए ।

काँग्रेस डडेलधुराका पूर्वसभापति समेत उनले सभापति देउवासँग लामो समयदेखि विवाद रहँदै आएको थियो ।

कारबाहीमा परेपछि बीपी काँग्रेसमा लागेका उनलाई बुधबार बसेको पदाधिकारी बैठकले वरिष्ठ उपसभापति बनाएको प्रवक्ता शिवप्रसाद सिम्खडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै दाङका हेमन्त बहादुर मल्ललाई महामन्त्री बनाउने निर्णय भएको छ भने डडेलधुराका करुणाकर भट्ट, हरिप्रसाद भट्टहितका १६ जनालाई केन्द्रीय सदस्य बनाइएको छ ।

यो पनि

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब २६ करोड

गत आर्थिक वर्षमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा खुद नाफा २ अर्ब २६ करोड रुपैयाँ कमाएको छ।

अघिल्लो वर्षको तुलनामा बैंकले आफ्ना नाफामा छलाङ मारेको छ। बैंकले ६२ दशमलव २७ प्रतिशतले नाफा वृद्धि गरेको हो।

बैंकको वित्तीय विवरणअनुसार १ अर्ब ५९ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। न्यूनतम चुक्त पुँजी मात्रै रहेको यस बैंकले गत आर्थिक वर्षमा राम्रो नाफा आजर्न गर्न सफल देखिएको छ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ। यस बैंकको चुक्तापुँजी ८ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। नाफाबाट बैंकले सेयरधनीलाई १८ दशमलव ५९ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।

गत आर्थिक वर्षमा बैंकले ९३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Leave a comment

Your email address will not be published.