विदेशबाट आएका युवामाथि काठमाडौंमै लुटपाट, ६१ हजार लिएर भागेका दुईजना पक्राउ

काठमाडौं महानगरपालिका-३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका-९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भएका २८ वर्षीय दिनेश थापा र ललितपुर इमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका २६ वर्षीय विक्रम तामाङ रहेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबबाट फर्किएका ती पुरुष बसमा एअरपोर्टदेखि ललितपुर एकान्त कुनासम्म जाने क्रममा लुटिएका थिए।

उनलाई त्यही बसमा सवार अपरिचित ५ जनाको समूह लुटपाट गरी तीनकुने गैरीगाउँमा झरेर भाग्दै गरेका थिए।

अवस्थामा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले लुटपाट गरेको उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

हाल फरार घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Leave a comment

Your email address will not be published.