ल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयबासीले आगामी भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर सधैँका लागि बिसर्जन गर्न नदिने घोषणा गरेका छन्।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार र बागदरबारले सहमति कार्यान्वयनमा नगरेर षडयन्त्र गरेको भन्दै ल्याण्डफिल साइट सरोकार समितिले यस्तो घोषणा गरेको हो।
समितिका संयोजक श्रीराम ढुंगाना र उप-संयोजक सनत उप्रेतीले ८ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उक्त घोषणाबारे जानकारी दिएका हुन्।
ल्याण्डफिल साइट सरोकार समितिका संयोजक ढुंगानाका अनुसार बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर ज्ञापनपत्र बुझाइएको थियो।
बञ्चरेडाँडाका स्थानीय फेरि आक्रोशित, फोहोर फाल्न नदिने चेतावनी
विगतमा भएका सहमति कार्यान्वयनको पक्षमा लाग्ने मन्त्री चौधरीले बताएका थिए।
संवेदनशील क्षेत्रमा बसोबास गरिरहेको बस्तीका मानिसहरुलाई चाँडोभन्दा चाँडो नसारे सधैँका लागि फोहोर लान नदिने चेतावनी समितिले दिएको छ।