एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटेर धुजा-धुजा ब’नाएपछि…

मुसाले एटी’एममा राखेका १२ लाख रुपैयाँ पैसा काटेको फोटो सामाजिक सञ्जालमा भाइ’रल बनिरहेको छ । यो फोटो खु’सेन्द्र शर्मा नामका एक व्यक्तिले सामाजिक स’ञ्जालमा शेयर गरेका छन् ।

उनले क्याप्सनमा ले’खेका छन्,’एक अनौठो ब्रेकिङ न्युज, गुहावटीमा एक एटीएम मे’सिनमा १९ मे का दिन २९ लाख ८४ हजार रुपैयाँ राखिएको थियो । टेक्निक खराबीका का’रण मेसिन २० मेदेखि १० जूनसम्म बन्द भएको थियो ।

जब ११ जूनको दिन मेसिन बना’एर खोल्दा यस्तो घटना देखियो ।’ अहिले सामाजिक सञ्जा’लमा यो फोटो अत्या’धिक भाइरल बनिरहेको छ । एजेन्सीको सहयोगमा

सर्लाहीमा टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव १० घण्टापछि उठाइयो

सर्लाहीको बरहथवामा टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव १० घण्टापछि घटनास्थलबाट उठाइएको छ। बरहथवा नगरपालिका १० किसानपुरमा शुक्रबार बिहान पौने ९ बजे बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय मुकेश साहको मृत्यु भएको हाे।

रौतहटको इशनाथ नगरपालिका ५ घर भएका साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।

साहको मृत्युपछि स्थानीय र उनका आफन्तले दोषीलाई कारबाही माग गर्दै शव घटनास्थलमै राखेर शुक्रबार दिनभर विराेध प्रदर्शन गरेका थिए।

शुक्रबार साँझ ७ बजे साहको शव घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको यादवले बताए। टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका–६ का २७ वर्षीय राजु लामालाई प्रहरीले पक्राउ गरेको छ।

Leave a comment

Your email address will not be published.