मन्दिरमा ढुंगा खस्याे भनेर दाैडियाैँ‍, हैन रहेछ..‍‍.

खाेटाङ केन्द्रबिन्दु भएर आइतबार बिहान गएकाे भूकम्पले पुर्‍याएकाे क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय खाेटाङले भूकम्पले दुई पटक हल्लाए पनि क्षतिकाे कुनै विवरण प्राप्त नभएकाे जनाएकाे छ ।

कार्यालयका प्रहरी नायब निरीक्षक नविन काेइरालाले भूकम्प गएपछि मानिसहरू आत्तिएर घरबाहिर निस्केकाे जानकारी दिए । तर अहिलेसम्म कुनै क्षतिकाे खबर नआएकाे उनले बताए ।

‘भूकम्प आएपछि हामीहरू पनि बाहिर निस्कियाैँ । हलेसी मन्दिरमा ढुंगा खस्याे भन्ने खबर आयाे । तर हैन रहेछ । अहिलेसम्म कुनै क्षति भएकाे खबर पाइएकाे छैन’, उनले भने ।

काेइरालाका अनुसार अहिले हलेसी मन्दिरमा भक्तजनकाे ठूलाे भिड छ । विभिन्न जिल्लाबाट बाेलबम यात्राका क्रममा भक्तजनहरू हलेसी मन्दिर पुगेका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङ आसपास केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालका अधिकांश जिल्लासहित काठमाडौं आसपासमा पनि महसुस भएको छ ।

Leave a comment

Your email address will not be published.