साउदी अरबमा मृ*त्यु भएका १८० जना नेपालीको श*व नेपाल आइपुग्यो

साउदी अरबमा मृ*त्यु भएका १८० जना नेपालीको श*व नेपाल आइपुग्यो

वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरु मध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८र७९ मा मृ*त्यु भएको छ ।

साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृ*त्यु भएको हो ।

मृ*त्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको श*व नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृ*त्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण ९ह्दयघाट समेत० र ३४ जनाको आत्मह*त्या कारण ज्यान गुमाएका हुन् ।

यस्तै, ३१ जनाको सडक दु*र्घटनामा परी, १४ जनाको कार्य क्षेत्रमा दु*र्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृ*त्यु भएको हो । एक जना नेपालीको भने ह*त्या भएको थियो ।

आर्टिकल फ्रम नारायणी हेल्थ साभार।

Leave a comment

Your email address will not be published.