नागरिकता विधेयक फिर्ता गर्ने तयारी भएपछि जापानबाटै बम्किए प्रचण्ड, राष्ट्रपति भण्डारीलाई दिए खतरनाक धम्की !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यो विधेयक फिर्ता गरिदिने स्पष्ट संकेत गरिसकेकी छन् । यसैबीच, भण्डारीले सत्ताधारी पार्टी र नेताहरुलाई तनाव हुनेगरी अर्को बोल्ड अभिव्यक्ती दिएकी छन् ।

राष्ट्रपति भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर हुने बताएकी छन् । संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् ।

विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चित समयावधिको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रघातीले प्रमाणीकरण गर्नुहुन्न भन्दै शीतल निवासमा दिनहुँजस्तो नागरिक समाजका तर्फबाट टोलीहरू पुगिरहेका छन् । सोमबार राष्ट्रपति कार्यालय पुगेको नागरिक समाजको टोलीसँग कुरा गर्दै राष्ट्रपतिले भनिन्– ‘राष्ट्रको हित सबैको प्राथमिकताको विषय हुनुपर्छ ।’

तर भारत भ्रमण लगत्तै नेपालमा आएर नागरिकता विधेयक पारित गर्न मेनरोल खेलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भण्डारीको अभिव्यक्तीपछि खतरनाक धम्की दिएका छन् ।

जापानमा रहेका प्रचण्डले नागरिकता विधेयकलाई राष्ट्रपतिले फिर्ता नगरे राम्रो नहुने भन्दै धम्की दिएका हुन् । जापान भ्रमणमा रहेका प्रचण्डले नेपाली पत्रकारहरुसँग कुरा गर्दै तराई मधेसका नागरिकका छोराछोरीको समस्या समाधान गर्न सरकारले पहल गरेको बताए । उनले अघि भने, ‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न । र उहाँले गर्नु पनि हुन्न ।’

राष्ट्रपतिले फिर्ता गरिहाले फेरि सरकारले अघि बढाउँदा नागरिकता विधेयक नरोकिने उनले बताए । प्रचण्डले भने, ‘मेरो बुझाइमा फिर्ता गर्नुहुन्न र फिर्ता गर्नुभयो भने पनि राम्रो हुँदैन ।’ यतिखेर सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्षको विदेश भ्रमण बाक्लो छ । उनलाई विदेशका विभिन्न राजनीतिक दलहरुले न्यानो आतिथ्यता पनि दिईरहेका छन् ।

साउन पहिलो साता भारत भ्रमणमा गएका उनले भारतीय विदेश मन्त्रालय र भाजपाका शीर्ष नेताहरुसँग छलफल गरेर दुई देश र पार्टीहरुका बीचमा राजनीतिक सम्बन्धका बारे छलफल गरी स्वदेश फर्किएको दाबी गरे । त्यस पछि उनी हाल जापान भ्रमणमा छन् । प्रवासी नेपालीहरुकै आयोजनामा उनी त्याहाँ पुगेका भए पनि जापानको सत्तारुढ दल लिवरल पार्टीका शीर्ष नेताहरुले उनलाई महत्वका साथ भेटघाट गरेका छन् ।

उनी जापानबाट विहिबार स्वदेश फर्कने छन् । त्यसपछि भदौमा उनी चीनीया कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन जान लागेका छन् । दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका राजनीतिक पार्टीहरुको सम्मेलनमा भाग लिन प्रचण्ड चीन जान लागेका हुन्। सम्मेलन भदौ अन्तिम साताका लागि तय भएको छ।

अहिले देखि नै अब अन्तिम पटक प्रधानमन्त्री भएर देशका लागि सम्झन लायक काम गर्ने भन्दै आएका प्रचण्डलाई महत्वका साथ चीन र भारतका नेताहरुले पनि निम्तो दिएका छन् । एक महिना अघि नेपाल भ्रमणमा आएको चीनीया कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले उनलाई भ्रमणको निम्तो दिएको थियो ।

Leave a comment

Your email address will not be published.