अ’बैध ढंगबाट अमेरिका छिर्न खज्ने नेपालीहरुको अलपत्र !

अबैध ढंगबाट अमेरिका छिर्न पनि सजिलो छैन। तिनका पीडालाई समेटेर कृष्ण धरावासीले ‘तल्लो बाटो’ भन्ने पुस्तकनै लेखेका छन्। पढ्दा हातमा रुमाल लिएर बस्नुपर्छ।

नेपालीहरु बैध अबैध तरिकाले जहींतहीं पुगेका छन्। घर बलियो भएकाहरु खरिदार, सुब्बा र अधिकृत हुने लालसाले लोकसेवा आयोगको पेटी कुरिरहेका छन्।

घर कमजोर हुनेहरु दलाललाई भेटी चढाएर खाडीमा पैसाको बाढी आउँछ भन्दै अरबमा ‘रब’ खोज्न पुगेका छन्। ती मरुभूमिमा ‘मरुँ’ कि ‘नमरुँ’ भन्दै बाँचिरहेका छन्। बालुवासँग लड्दालड्दै त्यहाँ तिनको जवानी पग्लिन्छ, घरमा रुँदारुँदा तिनका आमा, बाबा अनि श्रीमतीको सिरानी पग्लिन्छ।

शुरुमा अलि बढी लगानी गर्नसक्नेहरुको गन्तव्य अमेरिका रहेको छ। अबैध ढंगबाट छिरेपनि कुनै गल्ती नगरेसम्म त्यहाँवाट ‘डिपोट’ हुनुपर्दैन। त्यसैले केही हदसम्म सुरक्षित पनि छ।

अबैध ढंगबाट अमेरिका छिर्न पनि सजिलो छैन। तिनका पीडालाई समेटेर कृष्ण धरावासीले ‘तल्लो बाटो’ भन्ने पुस्तकनै लेखेका छन्। पढ्दा हातमा रुमाल लिएर बस्नुपर्छ।

अबैध ढंगबाट छिर्दा अमेरिका पुग्न झण्डै ९ महिना देखि १ वर्षसम्म लाग्दो रहेछ। बाटाका दुख खपिसाध्य छैनन्। कैदीलाई अड्डासार गरे जस्तो, कहिले यता कहिले उता। ईन्धन बोक्ने ट्याँकी, समुन्द्रमा माछा मार्ने ट्याँकी, ट्रक कन्टेनर आदि भित्र बसेर यात्रा गर्नुपर्ने हुन्छ।

कतिपय ठाउँमा तिर्खा लागेपछि पानी नपाउँदा आफ्नै पिसाब पिउनुपर्ने हुन्छ। मेक्सिकोको आटब्बे जंगलमा राती कम्पासको भरमा मत्र हिंड्दा सर्पले टोकेर कैयौंले ज्यान गुमाउनुपर्ने हुन्छ। महिलाहरुले त झन् सतित्व समेत दाउमा लगाउनुपर्ने हुन्छ।

तर हाम्रो देशका कथित नेताहरू यो पीडालाई बुझ्दैनन्। नरभक्षी बाघ जस्तो तिनले पठाएका रेमिट्यान्समा तर मार्न पल्केका छन्। उता हाम्रा नेपाली दाजुभाइका मनमा डढेलो सल्केको छ।
“देशमा बसौं- यिनकै तुच्छ राजनीतिको गोटी हुनुपर्ने। विदेश जाउँ- धरधरी रुनुपर्ने।”
छविरमण भट्टराई जीबाट।

नेपालीलाई कहीं गए पनि सुख छैन बाबै! 😭😭

Leave a comment

Your email address will not be published.