वडाव्यापी खुल्ला दौड प्रतियोगितको उपाधि धावक गोर्खा ट्रेडिग्ङ सेन्टरका दिप्सन शाही ठकुरीलाई

काठमाडौं । वडा व्यापी खुल्ला दौड प्रतियोगितको उपाधि दिप्सन शाही ठकुरी र सिवानी बिस्टले जितेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार श्री कुमारी क्लबको आयोजनमा भएको खुल्ला दौड प्रतियोगिताको उपाधि दिप्सन र पुजाले जितेका हुन् ।

पुरुषतर्फ ५ किलोमिटर दौडमा च्याम्पियन बनेका दिप्सनले उपाधि सहित नगद १० हजार प्राप्त गरे । पुरुषतर्फ माइकल गर्बुजा उपविजेता बन्दा शिशिर बस्नेत तेश्रो भए । उनीहरुले क्रमशः नगद ७ हजार र ५ हाजार प्राप्त गरे ।

यस्तै महिलातर्फ ३ किलोमिर दौडमा विजेता बनेकी सिवानीले उपाधिसहित नगद ७ हजार प्राप्त गरिन् । महिलातर्फ पुजा विक उपविजेता बन्दा ईशा मोर तेश्रो भइन् । उनीहरुले क्रमशः ५ हजार र ३ हजार प्राप्त गरे । यसैगरी दुवै विधाका उत्कुष्ट धावकहरुले सान्तोजना पुरस्कार प्राप्त गरे

सफलता पूर्वक दौड पूरा गरेकी महिलातर्फ ६२ वर्षकी अन्जु केसी पुरुषतर्फ ५१ वर्षका मुकुन्द दाहाल ,१० वर्षका अरबिन महर्जन ,११ वर्षका बिकेश भट्टाराईले बिषेश सम्मान पुरस्कार प्राप्त गरे ।

प्रतियोगितका विजेता खेलाडीहरुलाई पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी, आयोजक कुमारी क्लबका अध्यक्ष रामकुमार बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए।

Leave a comment

Your email address will not be published.