बालेनमाथि अर्को बज्रपात, तनावमा रहेका बालेनमाथि बाख्राले थपिदियो झन् ठूलो तनाव !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह उर्फ बालेन फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै सबैको निशाना बनेका छन् । बालेन आएपछि फोहोरको समस्या मात्र नभई काठमाडौं उपत्यकाका तमाम समस्या समाधान हुने अपेक्षा आम जनताको थियो तर त्यसो हुन नसकेको अहिले आम जनताले निराशा र आक्रोश व्यक्त गरिरहेका छन् ।

यसैबीच, बालेनमाथि अर्को बज्रपात भएको छ । यहाँको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् । फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका सिसडोलका एक युवकले टेलिफोनमा बताए ।

स्थानीयवासीले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । एक महिना भन्दा बढी समयदेखि राम्ररी फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका घरघरमा र सार्वजनिक स्थलमा फोहोर थुप्रिएको छ ।

सिसडोलमा रातिको समयमा फोहोर बोकेको ट्रक तोडफोड भएपछि काठमाडौं महानगरपालिकाले आइतबारदेखि प्रहरीको सुरक्षामा फोहोरका गाडी बञ्चरेडाँडातर्फ लैजान थालेको थियो । तर फोहोर लैजान थालेकै दिन स्थानीयले बाख्रा मरेको नयाँ बहानामा फोहोर रोकेका हुन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो पार्टीसँग सहकार्य गर्न मेयर बालेन्द्र साहलाई प्रस्ताव गरेका छन् । उनले यो सरकारसँग फोहोरको समस्या समाधान गर्ने हुती नरहेको टिप्पणी गरे ।

आज संसद बैठकमा बोल्दै भट्टराईले यसअघि १४ दिनसम्म फोहोर नउठेको इतिहास रहेकोमा अहिले ७१ दिन पुगेको बताए । यस विषयमा प्रधानमन्त्रीले कुनै पहल नगरेको र मन्त्रीहरू बेखबर रहेको उनको गुनासो छ ।

‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ। आज ७१ दिन भयो, प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन। सम्बन्धित मन्त्रीहरू बेखबर छन्,’ उनले भने, ‘डुंगडुंगती गन्हाउने फोहोर काठमाडौंमा थुप्रिएका छन्। यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन। यो सरकारको हुती पनि छैन। त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिनँ।’फोहोर व्यवस्थापन गर्न सरकारको क्षमता नभएको भन्दै एमालेसँग मिलेर काम गर्न आग्रह गरेका हुन्।

‘म काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु। आउनुस् ठोस् प्रस्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ। नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ,’ उनले भने, ‘यदी तपाई सरकारको भरपर्नुभयो भने तपाई असफल हुने निश्चित छ। काठमाडौंको बरबादी हुनेछ। सांस्कृतिक सहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौं।’

Leave a comment

Your email address will not be published.