इटहरीकी मनिलाकाे गर्भ पतन गराएकाे ३ दिनमै शं’का’स्प’द मृ’त्यु , ह’त्या भएकाे आशंका छानविनकाे माग!भाईसँग फोनमा मलाई केही भयो भने यो मान्छेलाई नछाड्नु भनेकि थिइन्!

इटहरी / इटहरीकि मनिलाको गर्भपतन गराएको तीन दिनमा मृत्यु भएपछि माइती पक्षले छानविनको माग गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका ५ की मनिला बुढाथोकीको गर्भपतन गराएको ३ दिन मै असामान्य मृत्यु भएपछि माइती पक्षलले छानबिनका लागि इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका हुन् ।

गत साउन २३ गते इटहरी ५ स्थितकै परिवार नियोजनमा गर्भपतन गराएकी मनिलाको अत्यधिक पेट दुखेर रक्तश्राव भएपछि उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ्गमा लगिएकोमा उनको सोही रात दश बजे मृत्यु भएको परिवार पक्षले बताएका छन् ।

तर मृतकका दाजु नवराज थापाले माइती पक्षलाइ बिरामी भएको समयमै जानकारी नगराएको र जानकारी पाउदा मृत्यु भइसकेको बताए ।नवराजका अनुसार मृतक मनिलाको श्रिमानले कहिलेकाही मादक पदार्थ सेवन गर्ने गरेको र झगडा समेत गर्ने गरेकोले पारीवारमा विवाद भईरहने बताए ।

मनिलाले करीब २ महिना अघि मृतकको भाई विपिन बुढाथोकि सगँ फोन संपर्कमा यदि मलाई केही भईगयो भने यो मान्छेलाई नछाड्नु भनेर भनेको समेत रहस्य खुलेको नबराजले बताए ।नवराजका अनुसार मृतक मनिलाको घाँटी,पिठ्यु लगायतको स्थानमा निलो दाग देखीएकाले घटना शंकास्पद रहेको बताए ।नवराजका अनुसार मनिलाको श्रीमान को अर्को केटी सगँ प्रेम रहेको हल्ला समेत गाउँघरमा रहेको स्थानियहरुले बताएका छन् ।

मनिलाको शवको प्रकृति हेर्दा मृत्यु नभई हत्याजस्तो देखिएकोले माइती पक्षले निष्पक्ष छानविनको माग गरेका छन् । धनकुटा जिल्लाको पाख्रिबास नगरपालिकाबाट विवाह गरी इटहरी आएकी मृतक मनिला को ४ बर्षीया छोरी समेत छिन् । मृतकको शवको पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको र पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाको विषयमा सत्यतथ्य बाहिर आउने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्काले बताए ।

(पूर्वेली न्युज बाट)

Leave a comment

Your email address will not be published.