हरिवंश फेरि बने हजुरबा, घरमा भित्रिइन् लक्ष्मी

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य फेरि हजुरबा बनेका छन् । उनका कान्छा छोरा मोहित र बुहारी विन्दूलाई पुत्री लाभ भएको छ ।सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै हरिवंशले आफू हजुरबा बनेको जानकारी दिएका हुन् । हरिवंशले घरमा लक्ष्मीको आगमन भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

उनका अनुसार बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो छ ।मोहित र विन्दूलाई पहिलो सन्तान लाभ भएको हो ।जेठा छोरा त्रिलोकका तर्फबाट हरिवंश पहिलोपटक हजुरबुवा बनेका थिए । त्रिलोक परिवारसहित अमेरिका बस्छन् ।उनकी पत्नी अमेरिकी नागरिक हुन् । उनीहरुले अमेरिकामै प्रेम विवाह गरेका थिए ।

चार वर्षपछि उनीहरुलाई पहिलो सन्तानका रुपमा पुत्र लाभ भएको थियो ।लामो समयदेखि अमेरिका बस्दै आएका त्रिलोकले अमेरिकी प्रेमिका जोए लेवस्कीसँग २०७३ को असारमा नेपाली परम्पराअनुसार विवाह गरेका थिए ।

यो पनि

आमा बन्ने तयारीमा श्वेता


अभिनेत्री श्वेता खड्का आमा बन्ने तयारीमा छिन्। गर्भमा ६ महिनाको भ्रूण हुर्काइरहेकी श्वेताले कात्तिक अन्तिम साता अथवा मंसिर पहिलो सातालाई डाक्टरले डेलिभरी डेट दिएको बताएकी छन्।

गर्भवती भएकाले अहिलेको धेरै समय घरमै आराम गरेर बिताइरहेको श्वेताले बताइन्। उनी सार्वजनिक कार्यक्रममा पनि देखिएकी छैनन्।

स्वास्थ्यमा केही जटिलता देखिएका कारण घरमै आराम गरिरहेको श्वेता बताउँछिन्।

श्वेताले २०७७ साल मंसिरमा धनगढीका विजयन्द्रसिंह राउतसँग विवाह गरेकी थिइन्।

श्वेताले सन्तान र करिअरलाई ब्यालेन्समा मिलाएर लैजाने बताइन्। अहिलेलाई भने गर्भमा हुर्किरहेको बच्चामै फोकस भएको सुनाउँदै उनले बच्चा जन्मिएपछि होम प्रोडक्सनको काम अगाडि बढाउने बताइन्।

Leave a comment

Your email address will not be published.