गुलेलीले हान्यो त्यसैले सकिएन भन्ने बहनाको कुनै तुक छैन ! फोहोरी राजनीतिले फोहोरकै राजनीति गरेर झन फोहोरी भो” – मेयर हर्क साम्पाङ्ग

काठमाडौँ । काठमाडौँबाट फोहोर बोकेर गएका गाडीहरुलाई आज पनि अबरोध गरिएको छ ।

केहि स्थानीय र सत्तारुढदल अनि नेकपा एमाले र राप्रपाका स्थानीय नेता , कार्यकर्ताहरुले फोहोर बोकेका गाडीलाई अबरोध गरेका हुन् ।

बिभिन्न अबरोध हुदाहुदै पनि झन्डै २०० भन्दा बढी गाडी बन्चरे पुगेको काठमाडौँ महानगरका मेयर बालेन शाहले जानकारी दिएका छन ।

प्रहरी परिचालन गरेर बन्चरे लैजाने क्रममा पनि केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरिएको शाहले बताएका छन ।

स्रोत Ap Nepal

बालेन शाहले भनेका छन -फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो ।

यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।

केहिदिन र केहि समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् ।

नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ?

२०० भन्दा बढि प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?

यहाँ केहि कमजोरी, केहि गल्ति भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन ।

तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ । यसका लागि केहि समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ ।

हामी आफुले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यहि किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।

पुन: भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो ।

त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।

यही समाचार हेरेका काठमाण्डौं रहेका धरानका मेयर हर्क राज राई ले यो बिषयमा उनले केही नबोली रहनै सकेनन् उनले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै भनेका छन् ..

“काठमाण्डौँको फोहोर व्यवस्थापनमा सख्तीका साथ प्रस्तुत हुनुपर्छ! गुलेलीले हान्यो त्यसैले सकिएन भन्ने बहनाको कुनै तुक छैन ! फोहोरी राजनीतिले फोहोरकै राजनीति गरेर झन फोहोरी भो”

Leave a comment

Your email address will not be published.