बालेन र हर्कको ब्याटल , तालि पिट्ने पार्टीहरुका कार्यकर्ता

काठमाडौँ – हिजो स्वतन्त्र उम्मेद्वारहरुको ब्याटल खुब भाइरल भयो । ब्याटलमा भिडन्त गर्नेहरु थिए बालेन शाह र हर्क साम्पाङ राई ।

हर्क अर्थात धरान उपमहानगरपालिकाका मेयरले ब्याटलको फायर खोलेका थिए । हर्कले शुरु गरेको ब्याटल यस्तो थियो – ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कम्से कम काम त सुरु गरे !’

बलेन अर्थात काठमाडौं महानगरपालिकाका मेयर पनि के कम चर्चित र्यापर जवाफ फर्काइ हाले । बलेनले ब्याटल फर्काउदै भने – ‘हो नि, तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।’

बालेनले यति जवाफ के फर्काएका थिए स्वतन्त्र उम्मेदवार बनेर चलन चल्तीका पार्टीहरुलाई च्यालेन्ज दिएका स्वतन्त्र उम्मेदवार बीचकै यो भिडन्तमा केहि पार्टीका कार्यकर्ता भने खुचिंग भन्दै ताली पिटिरहेका थिए भने कोहि झन् जोस्यौदै थिए ।

पार्टीका कार्यकर्ता चाहन्छन नै स्वतन्त्र उम्मेदवारको बदनामी गरेर आफ्नो रासन आउने बाटो बन्द नहोस । किनकि उनीहरु त स्वतन्त्र लडाई हैन मालिक हरुको गुलामी गरेर राजनीतिमा आउन चाहन्छन ।

धरानको पानी खाएको राइको छोरो के कम जोस्सिदै बलेन लाई कडा जवाफ फर्काइ हाले ।जुन जवाफी फायर निकै आक्रामक थियो ।

हर्कको दोश्रो टुक्का चै यस्तो थियो – देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो… तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो ।

हर्कको यो फायर पछी बालेन सायद हस्पिटल भर्ना भएकी कसो कुनै जवाफ फर्काएका छैनन् । बरु हर्कले एको होरो फायर खोलेको खोल्यै छन् । थप ब्याटलको लागि हर्क साम्पाङ राईको फेसबुकमा जानु होला

!प्रविण थापाको फेसबुकबाट

Leave a comment

Your email address will not be published.