मेयर बालेनको पावर: दुई एसपीको कमान्डमा बञ्चरे डाँडामा फोहोर फालियो

मेयर बालेनको पावर: दुई एसपीको कमान्डमा बञ्चरे डाँडामा फोहोर फालियो

काठमाडौंको फोहोर बन्चरेडाँडामा फाल्नका लागि दुई जना प्रहरी उपरीक्षक (एसपी) खटिएका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको टोली बन्चरेडाँडा खटिएका हुन् ।

यसअघि काठमाडौंबाट फोहोरको गाडी बोकेर गएका गाडीको सुरक्षाका लागि एसपीभन्दा तल्लो दर्जाका सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर मंगलबार स्थानीयको अवरोध चिर्न रबरको गोली नै प्रहार गर्नु परेको थियो । बल प्रयोग गरेर १८६ गाडी फोहोर मंगलबार बन्चरेडाँडामा पुर्याइएको थियो ।

बुधबार फोहोरको गाडी बोकेर बन्चरेडाँडा पुगेका गाडीलाई फोहार फाल्न स्थानीयले अवरोध खडा गरेपछि प्रहरी र स्थानीय बीच झडप समेत भएको छ । सो क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा समेत लिएको छ ।

स्थानीयको अवरोध खुलाउन हामी आफैं फिल्डमा छौं । प्रहरीको सुरक्षा घेरामा काठमाडौंको फोहोर बञ्चरेडाँडामा खसिरहेको छ । स्थानीयको अवरोध हटाएर फोहोर फाल्ने काम भइरहेको छ’ मैनालीले भने ।

Leave a comment

Your email address will not be published.