बालेनलाइ व्यंग्य गर्दै हर्कको स्टाटस ” काठमाडौ जादा फोहोरले गर्दा उपमेयर ज्यु बिरामी हुनु भो, क्षतिपूर्ति कस्ले दिन्छ?”

काठमाडौ। धरानका मेयर हर्क साम्पाङ राइले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई घोचपेच गर्दै बारम्बार स्टाटस लेखि रहेका छन्।

केही दिन देखि बालेन र हर्कको फेसबुक स्टाटस ब्याटल चलिरहदा हर्क साम्पाङ विरुद्ध भने सर्बसाधारणको आलोचना हुन थालेको सामाजिक सन्जालमा देख्न सकिन्छ।हर्कले अस्ति बुधबार बालेनलाई लक्षित गर्दै काठमाडौंको फोहोर आफू आएपछिमात्र उठाउन सुरु गरेको स्टाटस लेखेका थिए। उक्त स्टाटसमा बालेनले टिप्पणी गरेपछि आजसम्म पनि स्टाटस भाइरल नै बनेको थियो।

यद्यपी हर्कको बालेनविरुद्ध स्टाटस लेख्ने क्रम भने रोकिएको छैन। उनले फेरि लेखेका छन्, ‘फोहोर सम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा! फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है! हावा गफ होइन काम चाहिएको छ जनतालाई!’

केही दिनअघि काठमाडौं आएर फर्किएका मेयर साम्पाङले बालेनविरुद्ध स्टाटस लेखिरहेका छन्। आजपनी उनले बालेनलाइ व्यंग्य गर्दै लेखेका छन “काठमाण्डौँको बसाइ मेरो लागि त ठिकै भयो तर उपमेयर ज्यु फोहोरले गर्दा बिरामी हुनु भो ! अझै उठ्न सक्नु भा छैन ! अब यस्को क्षतीपूर्ती कस्ले दिने होला

कतिपयले हर्कले स्वतन्त्र भएर जितेको मान्छेले स्वतन्त्र मेयरलाई नै साथ नदिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति समेत जनाएका छन्।

Leave a comment

Your email address will not be published.