“लागियो बोसो घ’ टाउने र देश बनाउने अभि’ यानमा !”- मेयर हर्क साङ्पाङ

सुनसरी । देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ पनि उतिकै रुपमा पाइरहेका छन् ।

पकुवा खोलाको पानी सर्दुमा झारिसकेपछि अब निशाने खोलाबाट धरानमा पानी ल्याउने भएका छन् । खानेपानीको साथमा धरानलाई सुन्दर,ब्यवस्थित सहर बनाउनका लागि पनि हर्क लागि परेका छन् ।

उनै मेयर मेयर साम्पांगले फेसबुकमा लेखेका छन् –

लागियो बोसो घटाउने र देश बनाउने अभियानमा !


धरानका मेयर साम्पाङ्का १०० दिनमा के-के प्रगती गरे ? आफैले सार्वजनिक गरे लिस्ट…

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले सय दिनमा आफूले गरेको कामको विवरण सामाजिक सञ्जालमार्फत् बिहीबार सार्वजनिक गरेका छन् ।

‘१०० दिनमा के गरिस तैँले भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर’ भन्दै मेयर साम्पाङ्गले तेह्र बुँदामा आफ्नो कार्यविवरण निकालेका छन् । मेयरले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको बताएका छन् भने ४ ठाउँबाट खानेपानीको मुहान थपेको बताएका छन् । व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाउँदै ६ लाख बिरुवा रोपेको मेयर साम्पाङ्गको भनाइ छ । आफू मेयर बनेर धरान उपमहानगरमा आएपछि सरसफाइमा देखिने सुधार गरेको, प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएको दाबी पनि मेयरको छ ।

यस्तै.. धरानमा पानीसंगै बिजुली पनि मेयर हर्क साम्पाङको साथ दिन विदेशबाट आए यी इजिनियर- मिडियामा सुनाय यस्ता कुरा

धरान – धरान आसपासका खोलाबाट बिजुली उत्पादन हुन्छ भन्दा कमैलाई मात्रै पत्यार लाग्ने गर्दथ्यो । धरानका खोला खोल्सीमा बिजुली उत्पादन हुन्छ र ? तर पछिल्लो समय धरानका मेयर हर्क साम्पाङको भिजनमा आज देखि सर्दु खोलामा ७५० वाटको टर्वाइनबाट बिजुली बल्ने भएको छ ।

सर्दु खोलाबाट ल्याइएको खानेपानीको पाइपबाट सानो पानी बिजुली उत्पादन गर्नका लागि छुट्ट्याएको छ । ३१ मिटरको हेडबाट पानी झराएर टर्वाइन चलाइने पावर हाउसका म्यानेजर तर्कबहादुर मगरले बताए । बर्खा याममा ५ किलोवाट भन्दा बढीको पनि टर्वाइन चलाउन सक्ने पानी हुन्छ ।

यसपटक पनि १ किला वाटको टर्वावाइन जोडने योजना थियो । तर त्यो क्षमताको टर्वाइन नभेटिएको र हिउँदमा पनि सानो पानीले चल्न सक्ने खालको टर्वाइन जडान गरेको मगरले बताए ।

आज अपरान्ह देखि पावर हाउस सञ्चालनमा आउने र त्यहाँ उत्पादन भएको बिजुली नजिकै रहेको खानेपानीको चौकीदार बस्ने घर र ओशो पार्क र पुलमा बत्ती बाल्ने योजना रहेको मेयर हर्क साम्पाङले बताएका छन् ।

धरानमै माइक्रो मिनी हाइड्रोपावर निर्माणले धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस पढ्दै गरेका विद्यार्थीहरूलाई अध्ययन गर्न अत्यन्तै सहज भएको छ । इच्छा शक्ति भयो भने असम्भव भन्ने कुरै नहुने रहेछ दैनिक सर्दुमा श्रमदान गर्दै आएका सर्वसाधरणहरुले प्रतिक्रिया दिए ।

सिभिल इन्जिनिएरको रूपमा बिगत २५ बर्षदेखी ओमानमा कार्यरत तारिक मगरले आफ्नो सिपलाई नेपालमै लगाउने र धरानको बिकाशका लागी आफु लागी पर्ने बताउदै मेयर हर्क साम्पाङ्गको अनुरोधलाई सधै मान्ने र आफु अब जनताको हितमै काम गर्ने बताए ।

Leave a comment

Your email address will not be published.