बागमतीमा डुंगा कुदे, बालेन बाेलेनन् (तस्वीरहरू)

आज (शनिबार) बिहान बागतीमा २१ वटा डुंगा कुदेका छन् । बागमती नदी महोत्सवको अवसरमा विभिन्न संघ–सस्थाले आयोजना गरेको कार्यक्रममा डुंगा कुदाइएका हुन् । कुपण्डाेलकाे सुन्दरीघाटदेखि चोभारको फेदसम्म डुंगा पुगेका थिए ।

नेपाल र्‍याफ्टिङ एशोसिएशन (नारा) र नेपाल नदी सरर्दाण संस्था (एनआरसीटी)को आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा बागमती नदी महोत्सव भएको हो । ललितपुरमा २२ वर्षदेखि मनाउँदै आएको बागमती नदी महोत्सव ‘महा जलजात्रा’को २२औँ संस्करण मनाइएको आयोजक संस्थाले जनाएको छ ।

महोत्सवको उद्घाटन गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौं शहरभित्रका नदीमा र्‍याटिङ आवश्यक रहेको र यसको विस्तार गर्नुपर्ने बताए ।

सरकारले र्‍याटिङका लागि विशेष योजना ल्याउने बताए । काठमाडौंका नदीमा जल यात्राकाे प्रचुर सम्भावना रहेकाे उनले बताए । काठमाठौंका नदीकाे पानी स्वच्छ पारेर र्‍याफ्टिङकाे विकास गरिनुपर्ने उनले बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले भने मन्तव्य दिन मानेनन् । उनलाई रिभर महोत्सवका आयोजकले पटक–पटक बोल्न आग्रहसहित निमन्त्रणा गरे पनि उनी नबाेल्ने भन्दै मञ्चमा गएनन् ।


यहाँ म भाषण गर्न र सुन्न आएको होइन । बागमती अभियान र सरसफाइ कसरी भइरहेको रहेछ भनेर बुझ्न मात्रै आएको हुँ । तपाईंहरूले जे उद्देश्यले कार्यक्रम आयोजना गर्नु भएको हो त्यहीअनुसार काम थाल्नुहोस्’ उनले आयोजकलाई भनेका थिए ।

बागमती नदी काठमाडौं सभ्यताको मुख्य आधार भएको बताउँदै नाराका अध्यक्ष शिव अधिकारीले यसकाे संरक्षण आवश्यक रहेकाे बताए ।

Leave a comment

Your email address will not be published.