एमालेले विज्ञप्ति जारी गर्दै भन्यो- ‘सर्वदलीय बैठकबारे हामीलाई केही थाहा छैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वदलीय बैठकबारे थाहै नभएको प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान ९ बजे वालुवाटारमा बस्नेगरी सर्वदलीय बैठकको आह्वान गरेका थिए । तर एमालेले भने उक्त बैठकबारे जानकारी नै प्राप्त नभएको प्रतिक्रिया दिएको हो ।

एमालेलेले एक विज्ञप्ति जारी गर्दै सर्वदलीय बैठकबारे अनविज्ञता प्रकट गरेको हो । उक्त विज्ञप्ति एमालेले आफ्नो आधिकारि फेशबुकमा राखेको छ । उक्त बिज्ञप्ति एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जारी गरेका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले)लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं,’ बिज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्रीले शनिबार बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएको थियो । एमालेले यसअघि पनि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको थियो । उसले एमालेबाट फुटेको पार्टी नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल उपस्थित कुनैपनि बैठमा सहभागी नहुने अडान लिदै आएको छ । खबर news24 मा प्रकाशित छ ।यो

Leave a comment

Your email address will not be published.