एक मिनेटमै डिलिट भएको बालेनकी श्रीमतीको त्यो हाइकु …

एक मिनेटमै डिलिट भएको बालेनकी श्रीमतीको त्यो हाइकु …

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विचको जुहारीले दुई दिन सामाजिक संजाल धेरैनै तरंगित भयो । मिल्छन् होला भनेका स्वतन्त्रहरुनै आपसमा जुध्न थाले पटि समर्थकहरुनै खिन्न भएका थिए ।

धरानका मेयर हर्कले म काठमाडौँ आए पछि फोहोर उठ्न थाल्यो भनेर लेखेपछि काठमाडौँका मेयर बालेन शाहले आफुले चुनावनै हर्कको लौरो चिन्हले जितेको भन्दै व्यग्यात्मक कमेन्ट लेखेपछि विवाद पेचिलो भएको थियो । अहिले विस्तारै दुवै जना कुल हुँुदै गएका छन्।

साम्पाङले लगातार एक पछि अर्को स्टाटसको बर्षा मात्रै गराएनन् फेसबुकमै लाइभ आएर पनि बालेन विरुद्ध खनिएका थिए यति सम्मकी बालेनले कुनै संघर्षनै नगरेको र हावामा र्याप गाएको भरमा मेयर बनेको समेत आरोप उनले लगाएका थिए । हर्क र बालेनको जुहारीको विचमा बालेनकी श्रीमती सविना काफ्ले समेत इन्ट्री भएकी थिइन् ।

धरानका मेयर हर्क साम्पाङले बालेन माथी लगातार स्टाटसको बर्षा गराए पछि बालेनकी श्रीमती सविना काफ्ले पनि यो खेलमा इन्ट्री गरेकी थिइन् । उनले हर्क साम्पाङलाई लक्षित गर्दै आफ्नो सामाजिक संजालमा एक हाइकु लेखेकी थिइन् ।

स्रोत : यो खबर otv nepal मा प्रकाशित छ ।

Leave a comment

Your email address will not be published.