पठाओ राइडरलाई अपहरण गरि मोटरसाईकल लुटपाट

काठमाडौं । पठाओ राइडरलाई अपहरण गरेर लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।

गएराति काठमाडौंको कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर पठाओ राइडर प्रविन राईलाई लुटपाट गर्ने सुमन तामाङ र मिनराज राईलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो ।

ललितपुर प्रहरीको अनुसार सुमन र मिनराजले प्रविनका हाँतखुट्टा बाँधेर तथा मुखमा टेप बाँधेर बागमती प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल लुटेका थिए । त्यस्तै प्रविनको साथबाट आठ हजार नगद, मोबाइल, मोटरसाइकलको ब्लुबुक लुटेका थिए ।

गएराति १२ बजे सुमन कोटेश्वरबाट पठाओ चढेर गएका थिए । उनले साथी मीनराजलाई धापाखेलमा बोलाएर योजनाबद्ध रुपमा लुटेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका सुमन र मिनराजबाट लुटिएका सामान बरामद गरी पीडित प्रविनलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published.