कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् ।
‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।
सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने ।
अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो गएको छ
यो पनि पढ्नुहाेस
अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ परेका छन्।
हिजो (माघ ९ गते) फ्लाई दुवईको उडानद्वारा काठमाडौंबाट दुवई जान लागेका यात्रु एसाक खान ईब्राहिम खानले लिएका ब्यागेजलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा एक्सरे मेशिनद्वारा तथा म्यानुअल चेकजाँच गर्ने अवैध मुद्रा फेला परेको थियो।
उनको साथबाट अमेरिकी डलर १५ हजार १, साउदी रियाल ६१०ओमनी रियल ३६, यूएर्य दिराम ९२० र भारतीय रुपैयाँ २ हजार बरामद भएको प्रहरीले जनाएको छ।
सो मुद्रा लुकाई छिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारि आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।