साम्राज्ञीले पनि सुरु गरिन् युट्युब च्यानल, पहिलो दिन बनाइन् यस्तो भ्लग (भिडिओ)

कोरोना महामारीका कारण चलचित्र क्षेत्र प्रायः ठप्प भएपछि याे विषम परिस्थितिलाई नेपाली कलाकारहरूले वैकल्पिक पेसा अपनाउने तथा आफ्ना रुचिका अन्य विषयलाई पूरा गर्ने अवसर बनाइरहेका छन्।

यसै मेलोमा अभिनेत्री साम्राज्ञी शाहले यही जनवरी २२ देखि ‘साम्राज्ञी राज्यलक्ष्मी शाह’को छोटकरी रूप एसआरएलएस नामक युट्युब च्यानल सञ्चालन गरेकी छन्।

पहिलो दिन उनले आफ्ना काम, जीवनशैली र नायिका प्रियंका कार्कीको अन्तर्वाता समेटेर पहिलो भ्लग बनाएकी छन्। यसअघि आफूले सञ्चालन गरेको अनलाइन व्पारबारे पनि साम्राज्ञीले यसमा चर्चा गरेकी छन्।

यसअघि प्रियंका कार्की, करिश्मा मानन्धर, रीमा विश्वकर्मा, केकी अधिकारी, सविन श्रेष्ठ, अनु शाह, पल शाह, विनय श्रेष्ठ, ऋचा शर्माले पनि युट्युब च्यानल खोलेर भ्लग चलाइरहेका छन्।

यो पनि पढ्नुहाेस

मनोज गजुरेललाई फेरि कोरोना संक्रमण, कस्तो छ अवस्था?

हास्य कलाकार मनोज गजुरेललाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ।उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत ओमिक्रोनका कारण होम आईसोलेसन, अस्पताल तथा आईसीयूमा रहेका बिरामीको स्वास्थ्य लाभको कामना गर्दै आफू पनि संक्रमित भएर होम आइसोलेसनमा बसेको जनाएका छन्।

उनले कोरोनाको यो भेरियन्ट पहिलो र दोस्रो जस्तो ज्यानमारा खालको नभएको पनि उल्लेख गरेका छन्। लेख्छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिनेचाहिँ हैन तर थलाचाहिँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौँ, केही नहुन्जेल केही पनि हुँदैन।’

गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो। कोरोनाका कारण आईसियुमै पुगेका गजुरेलको स्वास्थ्य अवस्था त्यसबेला निक्कै जटिल बनेको थियो। अहिले संक्रमण पुष्टि भएपनि अवस्था सामान्य रहेको बताएका छन्।

Leave a comment

Your email address will not be published.