फुटबलका पूर्वकप्तान हरि खड्काको शैक्षिक प्रमाणपत्र नक्कली, अदालतमा मुद्दा दायर

नेपाली फुुटबलको राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा खुलेको छ। आयोगका अनुसार खड्का महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकूद समितिमा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत थिए।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार खड्काले प्रहरीमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको देखिन्छ। उक्त प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ। आयोगले बिगोबमोजिमको कारबाही माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यो पनि पढ्नुहाेस।

सामुहिक बलात्कार प्रकरण : तीन होटल सञ्चालकसँग जनही ३ लाख धरौटी माग

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रबाट सामुहिक बलात्कार प्रकरणमा तीन होटल सञ्चालकसँग अदालतले तीन/तीन लाख रुपैयाँ धरौटी मागेको छ। बुधबार काठमाडौं जिल्ला अदालतले होटल सञ्चालकहरुसँग धरौटी माग गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पाँचथर सप्तकोसी गेस्टहाउस सञ्चालक जानुका घिमिरे पोख्रेल, आयुष गेष्टहाउसकी सञ्चालक मन्जु खरेल न्यौपाने र फेमिली पुजा गेस्टहाउसका सञ्चालक द्रोणचार्य पौडेलसँग अदालतले धराैटी मागेकाे हाे।

बलात्कारको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो।सुर्खेतकी एक महिलाले बसपार्कका तीन वटा होटलमा आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन्। मजदुरी गर्न गत पुस १२ गते काठमाडौं आएकी ती महिलाले त्यही रात र भोलिपल्ट आफूमाथि बलात्कार भएको बताएकी थिइन्।

उनको जाहेरीपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी महिलालाई करणी गर्ने ९ युवा र तीन वटा होटलका सञ्चालकलाई मुद्दामा प्रतिवादी बनाएको हाे। यो खबर नेपालखबर न्युजमा प्रकाशित छ

Leave a comment

Your email address will not be published.