२९ जिल्लाका बाढी, पहिरो पीडितलाई राहत वितरण

सरकारले २९ जिल्लाका बाढी, पहिरो पीडितहरुलाई राहत सामाग्री उपलब्ध गराइएको छ। अन्तराष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनको सहयोगमा १७ लाख अमेरिकी डलरको राहत सामाग्री वितरण गरिएको हो।

गृहमन्त्री बालकृष्ण खाणको पहलमा झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत र रौतहट जिल्लाका पीडितलाई राहत वितरण गरिएको हो।

यस्तै सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा पनि राहत वितरण गरिएको छ।

राहत वितरण संयोजन गरेका सञ्जीव बस्यालले रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका १ हजार ४५६ परिवारलाई राहत सामाग्री उपलब्ध गराउने लक्ष्य रहेको बताए। १ हजार ३ सयभन्दा बढी परिवारलाई राहत वितरण भइसकेको छ।

एउटा परिवारलाई २५ केजी चामल, १० केजी आटा, १ किलो दाल, १ किलो चना, १ किलो चिनी, १ किलो नुन, साबुन, २÷३ वटा ब्लाङ्केट लगायतका सामाग्री उपलब्ध गरिएको छ।

Leave a comment

Your email address will not be published.